काठमाडौं– कैलालीको कैलारी गाउँपालिका–९ जमुनीपुरका तीन किशोरी तीनदेखि बेपत्ता भएका छन्। एकै गाउँका उनीहरू शनिबार साँझबाट सम्पर्कविहीन भएका हुन्।
किशोरी सम्पर्कविहीन भएपछि खोजबिनका लागि अभिभावकले इलाका प्रहरी कार्यालय हसुलियामा निवदेन दिएका छन्।
जमुनीपुरका १४ वर्षीया अविक्षा चौधरी, १७ वर्षीया सुविक्षा चौधरी र १७ वर्षकै बबी चौधरी बेपत्ता भएको प्रहरी नायब निरीक्षक राजेन्द्रसिंह कार्कीले बताए।
परिवारको मौखिक जानकारीपछि प्रहरीले खोजी सुरु गरेको उनको भनाइ छ। किशोरीले बोकेको मोबाइल पनि स्विच अफ छ।