बिहीबार, भदौ ४, २०८३

सांसद अमरेशकुमारको स्वास्थ्य परीक्षण गराउन माग

 |  सोमबार, वैशाख २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

काठमाडौं- नेकपा एमालेका सांसद अच्युत मैनालीले स्वतन्त्र सांसद अमरेशकुमार सिंहको स्वास्थ्य परीक्षण गराउन आग्रह गरेका छन्। 

सांसद सिंहले संसद् बैठकमै कपडा खोलेपछि मैनालीले यस्तो माग गरेका हुन्। आजको बैठक सुरु हुनेबित्तिकै सांसद सिंहले आकस्मिक समयमा बोल्न पाउनुपर्ने भन्दै उठेर सभामुखसँग समय मागेका थिए। सभामुखले आज आकस्मिक र विशेष समय हटाइएको जानकारी दिएपछि सिंहले कपडा खोलेका हुन्।  

 सांसद सिंहले सुरुमा सर्ट र त्यसपछि गन्जीसमेत खोलेका थिए। सभामुखले अशिष्ट व्यवहार गरेको भन्दै सांसद सिंहलाई कारबाहीको चेतावनी दिएका थिए। सिंहले बैठकमा असभ्य व्यवहार देखाएपछि अन्य सांसदहरुले समेत विरोध गरेका थिए।

सभामुखको चेतावनीपछि सिंहले फुकालेको सर्ट र गन्जी लगाएका थिए। त्यसपछि बैठकको नियमित कार्य सुरु भएको छ।

प्रकाशित: May 08, 2023| 11:48 सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्