आइतबार, असोज २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रास्वपा कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठको रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा

रास्वपा कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठको रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा

मेडिकल व्यवसायी दुर्गा प्रसार्ईंसँग आर्थिक बार्गेनिङ गरेको दाबीसहित रास्वपा केन्द्रीय समिति बैठकले श्रेष्ठलाई कारबाही गरेको छ।
 |  सोमबार, वैशाख २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कारबाहीमा परेका सांसद ढाकाकुमार श्रेष्ठले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको  सुनुवाइ न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा हुने भएको छ। 

सर्वोच्चले जारी गरेको सुनुवाइ लिस्टमा ढाकाकुमारले दायर गरेको मुद्दा श्रेष्ठको एकल इजलासमा परेको हो।

श्रेष्ठले रास्वपाको केन्द्रीय आचरण तथा अनुशासन समितिलाई विपक्ष बनाउँदै रिट दायर गरेका छन्। मेडिकल व्यवसायी दुर्गा प्रसार्ईंसँग आर्थिक बार्गेनिङ गरेको दाबीसहित रास्वपा केन्द्रीय समिति बैठकले श्रेष्ठलाई कारबाही गरेको थियो।

रास्वपाको सिफारिसअनुसार उनको पद रिक्त भएको सूचना संसद् सचिवालयले जारी गरिसके पनि पार्टी निर्णयविरुद्ध श्रेष्ठ अदालत गएका हुन् ।

प्रकाशित: May 08, 2023| 11:39 सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्