बिहीबार, भदौ ४, २०८३

भैरहवा उडेको यतीको जहाज अवतरण गर्न नसकेपछि काठमाडौं फर्कियो

भैरहवा विमानस्थलको रनवेमा श्री एयरलाइन्सको जहाज रोकिएपछि यतीको जहाज अवतरण गर्न नसकेर काठमाडौं फर्किएको हो।
 |  सोमबार, वैशाख २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

काठमाडौं– काठमाडौंबाट भैरहवा उडानमा रहेको यती एयरलाइन्सको जहाज अवतरण गर्न नसकेपछि पुनः काठमाडौं फर्किएको छ।

भैरहवा विमानस्थलको रनवेमा श्री एयरलाइन्सको जहाज रोकिएपछि यतीको जहाज अवतरण गर्न नसकेर काठमाडौं फर्किएको हो।

आज बिहान श्री एयरलाइन्सको उडान नम्बर एसएचए ८२२ नम्बरको जहाज काठमाडौं आउँदाआउँदै बीचबाटै भैरहवा फर्किएको थियो। जहाज रनवेमै रहेकाले उडान÷अवतरण प्रभावित भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

एनवाईटी ८९१ कल साइनको यतीको जहाज बिहान साढे ९ बजे काठमाडौंबाट भैरहवा उडेको थियो।पश्चिम नवलपरासी पुगेर अकासमा फन्को लगाएको जहाज भैरहवा अवतरण हुन नसकेर काठमाडौं फर्किएको विमानस्थल प्रशासनले बताएको छ।

प्रकाशित: May 08, 2023| 11:06 सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्