आइतबार, असोज ५, २०८२

जनताको स्वास्थ्यलाई ध्यानमा राखेर काम गर्न स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन 

 |  आइतबार, वैशाख २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २४, २०८०

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ३ करोड जनताको स्वास्थ्यलाई ख्याल गरेर काम गर्न मातहतका निकायलाई  निर्देशन दिएका छन्। 

Kumaribank

आईतबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालय मातहतका पाँच वटै महासाखाका कर्मचारीलाई निर्देशन दिदै मन्त्री बस्नेतले अन्य मन्त्रालयको तुलनामा स्वास्थ्य मन्त्रालयको काम संवेदनशील भएकाले  जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नीति योजना बनाउन पर्नेमा जोड दिएका हुन्। 

स्वास्थ्य मन्त्रालय अहिले आगामी बर्षको बजेटमा गृहकार्यमा जुटेकोले विपन्न जनताले स्वास्थ्य सेवा पाउने ग्यारंटी गर्ने किसिमले बजेट विनियोजन गर्न मन्त्री बस्नेतले कर्मचारीहरुलाई निर्देशन दिए। चिकित्सक र कर्मचारीले सफलताका साथ जिम्मेवारी बहन गरे मात्र जनताले सहज उपचार सेवा पाउने र त्यसकै आधारमा मन्त्री पनि सफल हूने बस्नेतले बताए। 

सरकारी अस्पतालमा कार्यरत चिकित्सक अब्बल भए पनि विरामीको चाप बढी हुने भएकाले उपचार ढिलो हुने गरेको स्मरण गराउदै चिकित्सकहरुका समस्या पनि मन्त्रालयले सुनेर तिनको सम्बोधन हुनु पर्ने बताए।  निजी क्लिनिकमा काम गर्ने चिकित्सकहरुले विरामी जाचे बाफतको शुल्क बढाउन लागेको आफुले पनि सुनेको भन्दै विरामी र चिकित्सक दुबै पक्षलाई मर्का नपर्ने गरि शुल्क तोक्न मन्त्रालयले सहजिकरण गर्नु पर्नेमा उनले जोड दिए। 

मन्त्रालयका समस्या समाधानकालागि आफूले कर्मचारीहरुलाई आवश्यक पर्ने समय दिन तयार रहेको बताउँदै मन्त्री बस्नेतले मन्त्रालयको कामकाजमा ढिलाई नहोस भन्नका लागि आफूले आगन्तुकसँग भेटघाटको समय हरेक दिन साँझ ४ बजेपछि मात्र राख्न लागेको जानकारी दिए। उनले भने, 'अन्य भेटघाटले काममा बाधा नपरोस भन्ने हेतुले मैले आगन्तक भेटने समय साँझ ४ बजे पछि राख्दैछु।' 

Metro Mart

मन्त्री बस्नेतले मन्त्रालयमा गर्न सकिने सुधारका कामका बिषयमा आफुलाई लिखित रुपमा सुझाउ दिन कर्मचारीलाई आग्रह गरे।  कमिसनका लागि अनावश्यक उपकरण किन्ने र तिनलाई प्रयोग नगरेर थन्क्याउने गलत प्रवृति अधिकांश सरकारी अस्पतालहरुमा बढिरहेको बताउदै मन्त्री बस्नेतले त्यो प्रवृति रोक्न कर्मचारीहरुलाई निर्देशन दिए। 

कार्यक्रममा नीति योजना तथा अनुगमन महासाखाका उपसचिव लिला पौडेलले बजेट निर्माण र बजेट खर्चका बिषयमा प्रस्तुतिकरण गर्दै स्वास्थ्यमा बजेट घटेमा स्वास्थ्य विमा कार्यक्रम र विपन्नका लागि उपचार सेवा बढी प्रभावित हुने जानकारी दिए। कार्यक्रममा प्रशासन महासाखा, नीति, योजना तथा अनुगमन महासाखा, गुणस्तर मापन महासाखा, जनसंख्या व्यवस्थापन र स्वास्थ्य समुन्वय महासाखाका कर्मचारीहरु सहभागी दिए।

प्रकाशित: May 07, 2023| 19:17 आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्