बिहीबार, भदौ ४, २०८३

कैलालीका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जना पक्राउ

 |  आइतबार, वैशाख २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २४, २०८०

धनगढी- प्रहरीले कैलालीका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका–३ त्रिनगर भन्सार ब्यारेल नजिकबाट लागूऔषधसहित गौरीगंगा नगरपालिका–८ का १९ वर्षीय राममाया कुश्मी शनिबार पक्राउ परेका छन्।

उनी दुई ग्राम लागुऔषधसहित पक्राउ परेका हुन्। त्यस्तै  टीकापुर नगरपालिका–९ खक्रौलाबाट पनि लागूऔषधसहित थप दुई जना पक्राउ परेका छन्।

३ ग्राम ८० मिलिग्राम लागुऔषधसहित  शनिबार लम्कीचुहा नगरपालिका–२ मोतीपुरका २६ वर्षीय सागर घिमिरे र सोही नगरपालिका बगौराका ३३ वर्षीय प्रेम सुनार पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले सागरलाई करिब २ ग्राम १७० मिलिग्राम र सुनारलाई करिब ९ सय १० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको हो।

प्रकाशित: May 07, 2023| 20:02 आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्