बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • शरणार्थी काण्डमा सार्वजनिक अडियो फेक भएको दाबी, अनुसन्धान गर्दै प्रहरी

शरणार्थी काण्डमा सार्वजनिक अडियो फेक भएको दाबी, अनुसन्धान गर्दै प्रहरी

 |  आइतबार, वैशाख २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २४, २०८०

काठमाडौं- नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा नेकपा एमालेका नेताहरुको संलग्नता देखिन थालेपछि फेक अडियो रेकर्ड गराएर सार्वजनिक गरिएको दाबी कांग्रेसका नेताहरुले गरेका छन्।

एमाले नेता महेश बस्नेतले एउटा यस्तै फेक अडियो सार्वजनिक गरेको र त्यसमा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा र मञ्जु खाँडलाई जोडिएको दाबी नेताहरुको छ। मञ्जु पूर्व गृहमन्त्री बालकृष्ण खाँडकी पत्नी हुन्।

अडियो कसले रकर्ड गराएको हो र सत्य हो कि होइन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सार्वजनिक भएको अडियोमा दुई जना व्यक्तिबीच कुराकानी भएको छ र त्यसमा आरजु र मञ्जुको नाम जोडिएको छ।  

‘आरजु राणा र मञ्जु खाँडलाई मुछेर सार्वजनिक गरिएको अडियो केही दिन अघिमात्रै रेकर्ड गरेको भेटिएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने।

अडियोमा मञ्जु खाँडलाई अनामनगरको घरमा गएर ६ करोड दिएको भनिएको छ, जबकी मञ्जु कोभिड सुरु भएदेखि विगत ४ वर्षदेखि चाबहिलमा बस्दै आएकी छन्।

यही अडियोलाई लिएर केही सञ्चारमाध्यामले समाचार बनाएकोमा पनि कांग्रेस नेताहरुले आपत्ति जनाएका छन्।

प्रकाशित: May 07, 2023| 18:27 आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्