बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका-युरोप पठाइदिन्छु भनेर सय जनाबाट साढे तीन करोड ठग्ने पक्राउ

अमेरिका-युरोप पठाइदिन्छु भनेर सय जनाबाट साढे तीन करोड ठग्ने पक्राउ

 |  आइतबार, वैशाख २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २४, २०८०

काठमाडौं- अमेरिकालगायत देशमा रोजगारीका लागि पठाइदिने प्रलोभनमा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका-६ तेलकोट घर भएका ६८ वर्षीय सीताराम कोइराला छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुर दरबार स्क्वायरबाट पक्राउ गरेको हो। पक्राउ परेका कोइरालालाई थप अनुसन्धान तथा कारबाहीको लागि वेदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।

उनले १०१ जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका, जर्मनी, बेलायत तथा जापान जानको लागि प्रतिव्‍यक्ति ३० लाख रुपैयाँका दरले ३ करोड ५६ लाख ८ हजार रकम ठगी गरेको प्रहरीको आरोप छ।

प्रकाशित: May 07, 2023| 17:49 आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्