बिहीबार, भदौ ४, २०८३

सचिव पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

 |  आइतबार, वैशाख २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २४, २०८०

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई अदालतले थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। 

जिल्ला अदालत काठमाडौंले सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने प्रलोभनमा ठगी गरेको आरोपमा पाण्डेलाई प्रहरीले वैशाख २० गते पेप्सीकोलाबाट पक्राउ गरेको थियो। उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ।

यही प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायामाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने उनका छोरा सन्दीप पक्राउ परेका छन्।

प्रकाशित: May 07, 2023| 17:38 आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्