बिहीबार, भदौ ४, २०८३

काठमाडौंका लागि रामेछापबाट छुटेको बस दुर्घटना

 |  आइतबार, वैशाख २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २४, २०८०

काठमाडौं- काठमाडौंका लागि  रामेछापबाट छुटेको एक यात्रुबाहक बस काभ्रेपलाञ्चोकको चौरीदेउरालीमा दुर्घटनामा परेको छ। 

दुर्घटनामा १२ जना घाइते भएकोमा दुई जनालाई थप उपचारका लागि धुलिखेल लगिएको प्रहरीले जानकारी दिएको छ। अन्यको अवस्था सामान्य रहेको छ।

प्रहरीका अनुसार रामेछापको गुराँसेबाट छुटेको बा२ख ८४१८ नम्बरको सो बस चौरीदेउराली–४ सुगुरेखोला नजिकैको मोडमा दुर्घटना भएको थियो। गाडीको ब्रेक फेल भएका कारण नालामा लगेर ठोक्काएको बताइएको छ।

प्रकाशित: May 07, 2023| 15:06 आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्