बुधबार, वैशाख २६, २०८१

दाउपेचको राजनीतिमा भ्रष्टाचारीलाई कारवाही

नेपालीलाई भुटानी शरणार्थी बनाउने खेलमा लागेकाहरु केही प्रहरी हिरासतमा छन्, कोही फरारको सूचीमा छन्। दोषी र निर्दोषको निर्क्योल अदालतले गर्ला नै। तर सरकारको यो कामले जनतामा कुनै उत्साह भरेको भने देखिँदैन।
 |  आइतबार, वैशाख २४, २०८०

भानु बोखिम

भानु बोखिम

आइतबार, वैशाख २४, २०८०

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरुको गिरोह प्रहरीको फन्दामा परेको छ। यसमा प्रशासक, नेता र विज्ञ तथा बौद्धिक कहलिएका व्यक्तिहरु पनि तानिएका छन्। यीमध्ये सबैले कुनै न कुनै बेला सुशासन र सदाचारको कुरा गरेका थिए। तर नेता, प्रशासक र राज्यको कुनै पनि निकायमा बसेकाले दिने सुशासनको अभिव्यक्ति जनताको नजरमा ‘मुखमा रामराम, बगलीमा छुरा’ मात्र सावित भएको छ।

triton college

भ्रष्टाचार नियन्त्रणको लागि विभिन्न संस्थाहरुको स्थापना गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रको बाबजुद सुशासन कायम भएको छैन। सुशासन नेता, कर्मचारी तथा प्रशासकको अभिव्यक्तिमा मात्र जीवित छ। उनीहरुको काम र व्यवहारमा पारदर्शिता तथा जिम्मेवारी बोध देखिँदैन। हुन्थ्यो त उनीहरुको औपचारिक आयभन्दा कैयौं धेरै आर्थिक प्रगति हुँदैन थियो। सुशासनको सट्टा भ्रष्टाचार मौलाएको समाचार सुन्न पर्दैन थियो। 

बेला बेलामा भ्रष्टाचारीलाई कारबाही हुन्छ। सामान्यतयाः तल्लो तहको कर्मचारी पक्राउ पर्ने यो खेलामा कहिलेकाहीँ उच्च तहका कर्मचारी तथा नेता पनि पक्राउ पर्छन्। यद्यपि सरकारले सुशासनको लागि काम गरिरहेको छ भन्नेमा जनताले विश्वास गर्दैनन्। विश्वास नगर्नुको पछाडि जनमानसमा विकसित केही सोचहरुले काम गरेको छ। 

भ्रष्टाचार ओहोदामा बसेका र सार्वजनिक जिम्मेवारी बोकेको व्यक्तिका लोभलालच मात्र रहेन। यो एउटा अनौपचारिक र अलिखित रुपमा स्थापित बनिसक्यो। विधि, नीति र शक्तिको दुरुपयोग गर्दै सम्पत्ति आर्जन गर्ने अब राज्यका निकायमा बस्ने मात्र भएनन्। समाजका धेरै मानिसहरु यो खेलमा जोडिएका छन्। उनीहरुको उद्देश्य शक्ति र सम्पत्ति आर्जन गर्नु हो। यो खेलमा कुनै न कुनै रुपमा राजनीतिक दल पनि जोडिएका छन्।

समाजलाई अगाडि लग्ने वा राज्यको बागडोर सम्हाल्न पुग्ने राजनीतिक दलले धन मोह तथा यसको चक्रव्युहमा फस्नु सुखद् कुरा हैन। राजनीतिक दलप्रति जनताले संशर्ग टुटाउँदैन। तर दलले देशमा सुशासन कायम गरेर विकासको गति बढाउँछ भन्नेमा पनि विश्वास गर्दैनन्।

corrent noodles
Metro Mart
नेपालीलाई भुटानी शरणार्थी बनाउने खेलमा लागेकाहरु केही प्रहरी हिरासतमा छन्, कोही फरारको सूचीमा छन्। दोषी र निर्दोषको निर्क्योल अदालतले गर्ला नै। तर सरकारको यो कामले जनतामा कुनै उत्साह भरेको भने देखिँदैन।

पछिल्लो उदाहरण हेर्ने हो भने शरणार्थी काण्डमा पक्राउ परेका सचिवको अभिव्यक्ति लिन सकिन्छ। उनले एक सार्वजनिक कार्यक्रममा धेरै सम्पत्तिको पछि लाग्नु हुन्न भन्ने सारको अभिव्यक्ति दिएका रहेछन्। उनी पक्राउ परेसँगै उनको अभिव्यक्ति सामाजिक सञ्जालमा छाएको थियो। तर सुशासनको सवालमा उनको व्यवहार के थियो, जगजाहेर भइसक्यो। सायद, उनले जोडेको घर जग्गाको श्रोत उनको आजसम्मको आयश्रोतले पक्कै प्रमाणित गर्न सक्ने छैन। 

जनताको अविश्वासको अर्काे कारण भ्रष्टाचारी भ्रष्टाचार गरेकै कारण पक्राउ पर्दैनन्। सदाचारको सैद्धान्तिक धरातलबाट नियाल्दा भ्रष्टाचारको दाग नलाग्ने नेता, कर्मचारी तथा प्रशासक विरलै भेटिएला। सिंगो समाजको संरचना नै सुशासनमैत्री छैन। यो समाज यस्तो विरोधाभासले भरिएको छ कि यहाँ जो कोही सुशासन नहुँदाको मारमा पर्दा मात्र गुनासो गर्छ। नत्र आफ्नो व्यक्तिगत हित र स्वार्थको लागि सुशासनको मर्म र उद्देश्यलाई भुल्छ।

topbahadur_indrajit_sandip_pratik_tekraj1683112688.jpg

नक्कली भुटानी शरणार्थी प्रकरणका केही अभियुक्तहरु। 

आफूलाई फाइदा पुगिञ्जेल भ्रष्टाचारको विरोध गर्दैन। तर व्यक्तिको यस्तो स्वार्थलाई जब राज्य संयुक्त र पूरै समाज गिजोलिन्छ अनि गुनासो गर्छ। यहाँ सदाचारको कुरा गर्ने अधिकांशले यो वा त्यो रुपमा पदीय अधिकार र शक्तिको दुरुपयोग गरेका छन्। यस्तोमा एकाधलाई भ्रष्टाचारको अभियोग लगाउनुको पछाडि केवल एउटै कारण छ। यो सबै राजनीतिक तथा जिम्मेवार निकायमा बसेकाको दाउपेच हो। अन्यथा एकाध पक्राउ परेर भ्रष्टाचार र भ्रष्टाचारीको सञ्जाल तोडिने छैन। 

भ्रष्टाचारको नाममा राजनीतिक दाउपेच नयाँ हैन। यो खेल पञ्चायतकालदेखि नै चल्दै आएको छ। तत्कालिन अख्तियार दुरुपयोग निवारण आयोगले भ्रष्टाचारको अभियोग लगाएको गलैंचा काण्ड बहुत चर्चित थियो। त्यो काण्डमा धेरै कर्मचारी, नेता तथा प्रशासक मुछिएका थिए। त्यसमा भेषबहादुर थापा र हर्क गुरुङ पनि मुछिएका थिए। उनीहरुको वास्तविक छवि लोकतन्त्र आएपछि पनि स्वच्छ नै थियो। तर पञ्चायतकालको गलैंचा काण्डमा उनीहरु तानिनुमा दरबारको दाउपेच थियो। दरबारभित्रकै केहीलाई उनीहरुको कामकारबाही मन परेको थिएन। आज पनि भ्रष्टाचार प्रतिशोध साँध्ने माध्यम बनेको छ।

जनताको अविश्वासको अर्काे कारण भ्रष्टाचारी भ्रष्टाचार गरेकै कारण पक्राउ पर्दैनन्। सदाचारको सैद्धान्तिक धरातलबाट नियाल्दा भ्रष्टाचारको दाग नलाग्ने नेता, कर्मचारी तथा प्रशासक विरलै भेटिएला।

राजनीति र हाम्रो राज्य संयन्त्र यति प्रदूषित बनिसक्यो कि अब यहाँ स्वच्छताको अपेक्षा राख्नु आफैंमा बेवकुफी हो। अहिले भएको भ्रष्टाचारको खेलमा कुनै न कुनै दाउपेच छैन भन्न सकिन्न। यसको अर्थ यो हैन कि शरणार्थी काण्डमा तानिएकाहरुहरु निर्दाेष छन्। अर्थ यो हो कि भ्रष्टाचारको जुन हिसाबले चर्चा हुन्छ, त्यो हिसाबले अहिले तानिएका मात्र दोषी छैनन्। अन्य धेरै यहाँ भ्रष्टाचारमा लिप्त छन्। तिनैमध्ये कतिले भ्रष्टाचार विरोधी तथा सदाचारको नैतिक प्रवचन दिँदै हिँडेका छन्। केवल यहाँ आपसी स्वार्थ र द्वन्द्वको खेलामा एकाधलाई भ्रष्टाचारीको नाममा कारबाही हुन्छ। 

नीति नियमहरु परिवर्तन गरिन्छ। योजनाहरु बदलिन्छन्। तथापि विकासको कामले गति लिँदैन। किन त ? उत्तर यहि हो कि हाम्रो राज्य संयन्त्रमा सुशासन मृतप्रायः छ। पारदर्शिता र सुशासनको नाममा गरिने काम आफैं भ्रष्टाचारको मलजल गर्ने माध्यम बनेका छन्। जनताले यहाँका हरेक योजनामा भ्रष्टाचारको गन्ध देख्छन्। यो जनतामा आएको नकरात्मकता हैन, राज्य संयन्त्रले जनतामा नजरमा तयार गरेको छवि हो।

युवा पुस्तामा निरासा चुलिँदो छ। सदाचारको कुरा गर्नेहरु धेरै छन्, तर उनीहरुको अभिव्यक्तिले सम्भावना उजागर गरिरहेको हुँदैन। पढ्ने बहानामा होस् वा सिधै काम गर्ने, युवा पुस्ता विदेश जानको लागि मरिहत्ते गरिरहेको छ। नेताहरु युवा पुस्ताको विदेश मोहप्रति कटाक्ष गर्छन्। तर युवाले हामीप्रति गरेको अविश्वास हो भनेर बुझ्दैनन्। 

नेपालीलाई भुटानी शरणार्थी बनाउने खेलमा लागेकाहरु केही प्रहरी हिरासतमा छन्। कोही फरारको सूचीमा छन्। दोषी र निर्दोषको निर्क्योल अदालतले गर्ला नै। तर सरकारको यो कामले जनतामा कुनै उत्साह भरेको देखिँदैन। यसको अर्थ यति हो कि भ्रष्टाचार र भ्रष्टाचारीमाथिको कामकारवाही सुशासनको पहलको रुपमा जनताले विश्वास गर्न सकेका छैनन्। यद्यपि भ्रष्टलाई कानुनको दायरामा ल्याउनु सराहनीय काम हो। 

प्रकाशित: May 07, 2023| 14:56 आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्