बिहीबार, फागुन २८, २०८२

टिएभीआर प्रविधि 'ओपन हार्ट सर्जरी' गर्नुपर्ने बिरामीका लागि प्रभावकारी

 |  आइतबार, वैशाख २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २४, २०८०

काठमाडौं- भारतको म्याक्स अस्पताल साकेतको आयोजनामा काठमाडौंमा नेपाल तथा भारतका शल्यचिकित्सकबीच टिएभीआर विधिको बारेमा अन्तरक्रिया कार्यक्रम भएको छ।

National life

उक्त अन्तरक्रियामा मुटुको भल्भ फेर्दा शल्यक्रियामा हुन सक्ने जटिलताको सम्भावना कम हुने र बिरामीलाई छिटो डिस्चार्ज गर्न सकिने चिकित्सकहरुले बताएका छन्।

भारतका वरिष्ठ मुटु सर्जन बलबिर सिंहले टिएभीआर विधिले मुटु शल्य चिकित्साका क्षेत्रमा ठूलो फड्को मारेको बताए। उनले आफू कार्यरत म्याक्स अस्पतालले केही समयअघिदेखि यो विधिबाट शल्यक्रिया गर्दै आएको बताए।

‘ट्रान्सक्याथर इरोटिक भल्ब रिप्लेस्ट्मेन्ट (टिएभीआर) प्रविधि 'ओपन हार्ट सर्जरी' गर्नुपर्ने अवस्थाका बिरामीका लागि एक वरदान भएको उनले बताए ।

बिना शल्यक्रिया मुटुको भल्भ फेर्ने विधि ट्रान्सक्याथेटर एओर्टिक भल्भ रिप्लेसमेन्टलाई टिएभीआर विधि भनिन्छ। मुटु सम्बन्धी उपचार गर्ने धेरै अस्पतालहरुले यो विधि अपनाउन थालेका छन्। काठमाण्डौका मुटुरोग विशेषज्ञहरुसँग अनुभव सुनाउँदै उनले भने 'न्यूनतम इन्भेसिभ शल्यक्रिया'को सुरुवातसँगै, अब बिरामीहरूका लागि ओपन हार्ट शल्यक्रिया मात्र विकल्प रहेन। चौध वर्षअघि नेपाल आएको सम्झना गर्दै उनले मुटुरोगको उपचारमा नेपालमा पनि प्रगति भएको बताए।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: May 07, 2023| 14:03 आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्