बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सञ्चार क्षेत्रको पुनर्संरचनाका लागि सरकार क्रियाशील छ: प्रधानमन्त्री

सञ्चार क्षेत्रको पुनर्संरचनाका लागि सरकार क्रियाशील छ: प्रधानमन्त्री

 |  आइतबार, वैशाख २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २४, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली सञ्चार क्षेत्रको पुनर्संरचनाका लागि सरकार क्रियाशील रहेको बताएका छन्।

उनले सञ्चारसम्बन्धी नयाँ कानुन र संरचना निर्माणका साथै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरकार प्रयत्नशील रहेको उल्लेख गरे।

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्रीले सम्पूर्ण सञ्चारकर्मीका साथै आम जनसमुदायमा शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले भनेकाछन्, 'नेपाली सञ्चार क्षेत्रको पुनःसंरचना, सञ्चारसम्बन्धी नयाँ कानुन र संरचना निर्माणका साथै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक सहकार्य गर्ने वातावरण बनोस, यही शुभकामना।

प्रकाशित: May 07, 2023| 11:53 आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्