बिहीबार, भदौ ४, २०८३

झरी रोकिएपछि बढ्यो काठमाडौंको तापक्रम

पानी पर्न रोकिएसँगै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहानैदेखि घाम चर्किएको छ।
 |  आइतबार, वैशाख २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २४, २०८०

काठमाडौं- पानी पर्न रोकिएसँगै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहानैदेखि घाम चर्किएको छ।

पश्चिमी वायु कमजोर बनेसँगै घाम चर्किन थालेको हो। मौसमविद् संजिव अधिकारीका अनुसार अघिल्लो हप्ता लगातार मौसम बदली भइ पानी पर्दा अधिकतम तापक्रम झण्डै १० डिग्री सेल्सियससम्मले घटेकोमा हिजो अस्तिदेखि फेरि तापक्रम बढ्न थालेको छ।

तराईका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस भन्दा धेरै छ। काठमाडौंमा हिजो अधिकतम तापक्रम ३० डिग्री सेल्सियस पुगेकोमा आज पनि २८ देखि ३० डिग्री सेल्सियसम्म पुग्ने अनुमान गरिएको छ। 

काठमाडौंमा न्यूनतम तापक्रम पनि खासै घटेको छैन। बिहानको न्यूनतम तापक्रम १५ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो। 

पानी पर्नु भन्दा अगाडि वैशाख पहिलो हप्ता काठमाडौंको अधिकतम तापक्रम २९ देखि ३० डिग्री सेल्सियस थियो।

तर, पानी पर्न थालेपछि अघिल्लो हप्ता काठमाडौंडौको अधिकतम तापक्रम २१ डिग्री सेल्सियसमा झरेको थियो।

प्रकाशित: May 07, 2023| 08:47 आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्