काठमाडौं- सङ्घीय संसद् अन्तर्गतका दुई जना सचिवले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा आयोजना हुने एक समारोहका बीचमा उनीहरुले पद तथा गोपनीयताको शपथ लिनेछन्।
सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बिहान १०:१५ बजे उक्त शपथ समारोह कृषि समितिको हल, सिंहदरबारमा हुनेछ।
प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डे र राष्ट्रियसभाको सचिवमा डा. सुरेन्द्र अर्याल नियुक्त गत बैशाख २१ गते नियुक्त भएका थिए। सङ्घीय संसद् सचिवालयमा सहसचिव पदमा कार्यरत पाण्डे र अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सचिव पदमा नियुक्त गरेका हुन्।
उनीहरू दुवै जना नेपालको संविधानको धारा १०६ बमोजिम सचिव पदमा नियुक्त भएका हुन्।