बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कञ्चनपुरमा सशस्त्र प्रहरीलाई खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ

कञ्चनपुरमा सशस्त्र प्रहरीलाई खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ

कञ्चनपुरमा सशस्त्र प्रहरीका बीओपी प्रमुखमाथि खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ परेका छन्।
 |  आइतबार, वैशाख २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २४, २०८०

धनगढी- कञ्चनपुरमा सशस्त्र प्रहरीका बीओपी प्रमुखमाथि खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ परेका छन्।

दोधारा चाँदनी नगरपालिकाको कंजभेज बोर्डर आउट पोस्ट बीओपीमा कार्यरत प्रमुख सई नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार गरेको आरोमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो। 

पोस्टनजिकै शुक्रबार राति साढे १० बजे उनीहरूले सशस्त्र प्रहरीलाई खुकुरी प्रहार गरेका थिए। राति कता घुमेको भनेर सोध्दा खुकुरी प्रहार गरेर आक्रमणकारीहरु भागेका  थिए।  खुकुरी प्रहार गर्नेहरूको परिचय प्रहरीले खुलाएको छैन।  खुकुरी प्रहारबाट सई चैंसिरको बायाँ पाखुरामा चोट लागेको छ। 

प्रकाशित: May 07, 2023| 07:18 आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्