बिहीबार, भदौ ४, २०८३

जीपको ठक्करबाट बझाङमा दुई जना घाइते

बझाङमा जीपको ठक्करबाट शनिबार दुई जना घाइते भएका छन्।
 |  आइतबार, वैशाख २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २४, २०८०

धनगढी-  बझाङमा जीपको ठक्करबाट शनिबार दुई जना घाइते भएका छन्।

शनिबार सदरमुकाम चैन्पुरबाट जयपृथ्बी नगरपालिका–४ गोलाई तिर जादै गरेको जीपले भिडमुनि भन्ने ठाउमा  ठक्कर दिँदा जयपृथ्बी नगरपालिका ३ पडेस बस्ने १८ बर्षिया भाबना बिष्ट र ८ बर्षिया आयुष्मा बिष्ट घाइते भएकी हुन्। 

से १ ज १०५३ नम्बरको जीपले ठक्कर दिदाँ घाइते भएकी भाबनाको मुखमा चोट लागेको छ भने आयुष्माको पनि शरिरका बिभिन्न ठाउमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश अवस्थीले बताए।

घाइते दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।
 

प्रकाशित: May 07, 2023| 07:13 आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्