सोमबार, वैशाख २८, २०८३

कोभिड अपडेट : ७६ जनामा संक्रमण पुष्टि

 |  शनिबार, वैशाख २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २३, २०८०

National life

काठमाडौं- पछिल्लो २४ घन्टामा कोभिडबाट ७६ जना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमूना परीक्षण गर्दा ७६ जनामा संक्रमण देखिएको हो।

हाल सक्रिय संक्रमितको संख्या एक सय ३७ रहेको छ। संस्थागत आइसोलेसनमा २४ र  सघन उपचार कक्षमा १२ जना रहेका छन्। 

यस्तै, मन्त्रालयले खोप लगाउन छुटेका पाँच वर्षमुनिका सबै बालबालिकाका लागि आइतबार नियमित खोप दिइने जानकारी दिएको छ। देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिकाअनुसार १५ महिनाभित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको छ। 
 

प्रकाशित: May 06, 2023| 17:15 शनिबार, वैशाख २३, २०८०
प्रतिक्रिया दिनुहोस्