बिहीबार, फागुन २८, २०८२

मनाङका विद्यालयमा अझै पुगेनन् पुस्तक

विकट हिमाली जिल्ला मनाङमा चैतदेखि नै पढाइ सुरु भए पनि टेन्डरमार्फत पुस्तक लैजानुपर्ने बाध्यताका कारण हालसम्म विद्यार्थीले पाउन नसकेका हुन्।
 |  शनिबार, वैशाख २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २३, २०८०

मनाङ– सरकारी स्वामित्वको जनक शिक्षाले ७७ वटै जिल्लाका विद्यालयमा पुस्तक पगिसकेको दाबी गरे पनि मनाङका बालबालिकाले अझै पाएका छैनन्। विकट क्षेत्र हिमाली जिल्ला मनाङमा विद्यालयमा पुस्तक पुर्‍याउन पुस्तक पसलमार्फत टेन्डरमा ल्याउनुपर्ने भएकाले ढिलो गरी आउन थालेको हो।

National life

विद्यालयले ल्याउने गरेको अवस्थामा केही छिटो पुस्तक विद्यालय र विद्यार्थीको हातमा पुग्ने गरे पनि टेन्डरका कारण ढिला हुने गरेको अभिभावक बताउँछन्। 

पुस्तक ल्याउने डिपो जिल्लामा नहुँदा पनि अझ समस्या भएको अभिभावकको भनाइ छ। विद्यालयमा पुस्तक आउँदा विद्यालयले विद्यार्थीको हातमा छिटो आउने गरे पनि अहिले ढिला भएको उनीहरुको भनाइ छ।

मनाङको नार्पाभूमि गाउँपालिकाका विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन सकस भएको छ। हाल मनाङमा मौसम प्रतिकूलताले गर्दा पाठ्यपुस्तक विद्यार्थीको हात हातमा पुर्‍याउन सकस भएको फु आधारभूत विद्यालयका प्रधानाध्यापक मुखिया विकले जानकारी दिए।

‘मोटरेबल स्थलमार्ग नहुँदा खच्चडमार्फत पाठ्यपुस्तक ढुवानी हुन्छ तर अहिले यहाँ मौसम प्रतिकूल छ। खच्चडमार्फत पाठ्यपुस्तक लैजाने क्रममा रुझ्ने र च्यातिने समस्या हुन्छ’, प्रधानाध्यापक विकले भने।

Laxmi sunrise bank
kumari

प्लास्टिकमै छोपेर लैजाँदासमेत खच्चडबाट लगिदा रुझ्ने र पुरानो पुस्तक विद्यार्थीलाई दिइएजस्तो पनि देखिने गरेको उनले बताए। जिल्लामै ढिला गरी आएको पुस्तक विद्यार्थीको हात हातमा पुर्‍याउन अझ सकस हुने गरेको उनको भनाइ छ। 

मनाङका लागि पाठ्यपुस्तक लमजुङको सुन्दरबजार नगरपालिकास्थित भोटेओडारको सापकोटा पुस्तक पसलबाट ल्याउनुपर्ने हुन्छ। पब्लिकेसनले पाठ्यपुस्तक समयमै पुर्‍याएको दाबी गर्दै आए पनि मनाङमा एक महिना ढिला गरी पुस्तक आइपुगेको छ।

चैतदेखि नै कक्षा सञ्चालन भएको मनाङका विद्यार्थीले करिब दुई महिना पाठ्यपुस्तकबिनै अध्ययन गरिरहेका छन्।हाल जिल्लामा केही छिटफुट बाहेक अन्य पाठ्यपुस्तक आइसकेको लोकप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णदास कोइरालाले जानकारी दिए। ‘कक्षा सञ्चालन भएको एक महिनापछि मात्रै पाठ्यपुस्तक आएको छ, त्यही पनि पूरा आइसकेको छैन’, उनले भने।

मनाङमा २८ मध्ये चार विद्यालयमा माध्यमिक तहसम्म अध्यापन हुन्छ। जसमा अन्नपूर्ण, भानु, लोकप्रिय र प्रकाशज्योति मावि छन्। लोकप्रिय र प्रकाशज्योति माविमा आवासीय पठनपाठन व्यवस्था छ। 

प्रकाशित: May 06, 2023| 18:10 शनिबार, वैशाख २३, २०८०
प्रतिक्रिया दिनुहोस्