आइतबार, असोज ५, २०८२

यस्तो बानीले बढाउन सक्छ मधुमेह

पछिल्लो समय नेपालमा पनि मधुमेहका बिरामी बढ्दै गएका छन्।
 |  शुक्रबार, वैशाख २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौं– पछिल्लो समय नेपालमा पनि मधुमेहका बिरामी बढ्दै गएका छन्। यसबाट बच्न औषधिको नियमिति सेवनसँगै खानपानमा पनि निकै ध्यान पुर्याउनुपर्ने हुन्छ। लापरवाही गरे मधुमेह घातक हुन सक्ने चिकित्सक बताउँछन्।

Kumaribank

मधुमेहका रोगीका लागि चिकित्सकले केही यस्तो बानी सुधार्न सल्लाह दिन्छन्, जसले त्यस्ता रोगीदेखि लिएर अन्य व्यक्तिलाई पनि प्रत्यक्ष फाइदा पुग्छ। स्वास्थ्य विज्ञहरुका अनुसार बढ्दो उमेरका साथै वंशानुगत कारणले पनि मधुमेह हुने सम्भावना अधिक हुन्छ। अहिले खानपान र गलत जीवनशैलीका कारण पनि मधुमेह लाग्नेको संख्या दिनानुदिन बढ्दो छ। 

यी बानीले बढ्न सक्छ मधुमेह

स्वास्थ्य विज्ञका अनुसार अधिकांशले बिहान सेतो पाउरोटी खाने गरेका छन्। तर मधुमेहका बिरामीका लागि यो उपयुक्त हुँदैन। यसमा भएको रिफाइन्ड कर्भ्सले मधुमेहलाई बढाउनमा मद्दत गर्ने हुँदा यसको सेवन नगर्न सल्लाह दिन्छन्। बिस्कुट, पास्ता, मिठाई, केक, पेस्ट्री, सेतो चामलमा समेत सिफाइन्ड कर्भ्स हुने हुँदा यसले सुगरको मात्रालाई अत्यधिक बढाउने गर्छ। चिकित्सकहरुले पनि यस्तो परिकार सकभर नखान बिरामीलाई सल्लाह दिने गरेका छन्। पाउरोटीभन्दा पनि रोटी खानु उपयुक्त हुने चिकित्सक बताउँछन्।

मधुमेहका बिरामीलाई मात्रै नभएर अन्य व्यक्तिले समेत धेरै समय खाली पेट बस्न नहुने चिकित्सक बताउँछन्। मधुमेहका बिरामीलाई सन्तुलित खानाका साथै सयमको समेत ध्यान राख्नुपर्ने हुन्छ। बिहानको खाजा मधुमेह पीडितको लागि एकदमै आवश्यक हुन्छ। जर्नल अफ न्यूट्रिसनमा प्रकाशित एक शोधअनुसार बिहानको खाजा नखानेलाई मधुमेहको खतरा अधिक हुन्छ। रातिदेखि बिहानसम्म लामो समय खाली पेट हुन्छ, त्यसैले बिहान सन्तुलित खुराक लिने सल्लाह दिइन्छ।

Metro Mart

मधुमेहका बिरामीका लागि शारीरिक गतिविधि अन्यलाई भन्दा एकदमै आवश्यक हुन्छ। घरमा वा कार्यालयमा लगातार बसिरहने बानीले समस्या उत्पन्न हुन सक्छ। शारीरिक क्रियाकलाप कम कर्ने र अल्छी जीवनशैलीले मधुमेहको खतना बढ्ने विज्ञहरु बताउँछन्। 

लामो समय एक्लै बस्नु पनि घातक हुुन्छ मधुमेहका बिरामीलाई। कोरोना महामारीको १ वर्षपछि अमेरिकाले एउटा सर्वेक्षण गरेको थियो, जसमा लामो समयसम्म एक्लै बस्ने, प्रायः एक्लै भइरहने व्यक्तिमा मधुमेहको खतरा अधिक हुने पाइएको थियोे।

जर्नल अफ डाइबेटोजीमा प्रकाशित एक अध्ययनअनुसार जुन व्यक्ति एक्लै बस्छन्, अरुसँग घुलमिल हुँदैनन् त्यस्तो व्यक्तिमा मधुमेह हुने र भइसकेको खण्डमा बढ्दै जाने सम्भावना हुन्छ।
 

प्रकाशित: May 05, 2023| 05:35 शुक्रबार, वैशाख २२, २०८०
प्रतिक्रिया दिनुहोस्