सोमबार, वैशाख २८, २०८३

बन्दीपुरमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था

 |  बिहीबार, वैशाख २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २१, २०८०

बन्दीपुर- बन्दीपुर गाउँपालिकामा सुत्केरीका लागि बन्दीपुर अस्पतालसम्म ल्याउन र लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ। गाउँ कार्यपालिका बैठकले गाउँपालिकाभित्रका सुत्केरीलाई बन्दीपुर अस्पतालसम्म ल्याउन र लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेको हो।

National life

बन्दीपुर अस्पतालमा उपचार हुन नसकी दमौली अस्पतालसम्म लैजानुपरेको अवस्थामा पनि निःशुल्क रुपमा सेवा दिने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए। 

गाउँपालिकाले विगत १० वर्षयता विदेशबाट नेपाल फर्किएर नेपालमै व्यवसाय गरेको वा व्यवसाय गर्न चाहने नागरिकलाई व्यावसायिक अनुदान कार्यक्रम ल्याएको छ। विदेशबाट फर्किएका २५ देखि ४० वर्षभित्र उमेरसम्मका व्यक्तिलाई बढीमा रु एक लाखसम्म अनुदान दिन लागिएको उनले बताए। उक्त सेवा लिनका लागि राहदानी, श्रम स्वीकृति, व्यवसाय दर्ता, नागरिकता, फोटो, व्यावसायिक योजनालगायतका कागजपत्र पेस गर्न गाउँपालिका कार्यालयले अनुरोध गरेको छ।

त्यसैगरी बन्दीपुर–१ कार्यालयले घरबाट बाहिर निस्कन नसक्ने नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ। अशक्त, अपाङ्गता तथा हिँडडुल गर्न नसक्ने नागरिकका आफन्तले वडाबाट सिफारिस लगेपछि बुझेको भत्ता रकम सम्बन्धित व्यक्तिलाई नदिइ खर्च गर्ने गरेको गुनासो आएपछि घरमै पुगेर भत्ता वितरण कार्य थालिएको हो।

मुक्तिनाथ विकास बैक डुम्रे शाखासँग समन्वय गरी हिँडडुल गर्न नसक्ने नागरिकलाई घरमै पुगेर भत्ता वितरण गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए। वडाभित्र रहेका २३ यस्ता नागरिकलाई चौमासिक रु १२ हजारका दरले भत्ता वितरण गरिएको र अन्य व्यक्ति पनि पहिचान गरी सेवा प्रदान गर्न लागेको सो वडाले जनाएको छ।

हातमा पैसा पाएपछि आफूलाई मन लागेको कुरा किन्न पाउने भएपछि उनीहरुमा खुसी छाएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए।

प्रकाशित: May 04, 2023| 21:44 बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्