बिहीबार, फागुन २८, २०८२

बैतडीमा विद्यालय भर्ना गर्दा खोप कार्ड अनिवार्य

 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

बैतडी- बालबालिकालाई विद्यालय भर्ना गर्दा बैतडीमा खोप कार्ड अनिवार्य गरिएको छ। पाँच वर्षमुनिका बालबालिकालाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको हो।

National life

जिल्ला खोप समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार नै विद्यालयमा बालबालिकालाई भर्ना खोप कार्ड अनिवार्य गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिएका छन्। 

राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाले खोप लाए-नलाएको जानकारी हुने भएकाले विद्यालय भर्ना गर्दा खोप कार्ड अनिवार्य गर्न विद्यालयलाई आग्रह गरिएको छ। उनले भने,’खोप ऐन २०७२ मा विद्यालय भर्ना गर्न अनिवार्य खोप लगाएको हुनुपर्ने भनिएको छ। सोहीअनुसार जिल्ला खोप समन्वय समितिको बैठकले पनि गरेको निर्णय हो।’

बालबालिका भर्ना हुँदा अनिवार्य खोप कार्ड हुनुपर्ने निर्णयअनुसार शिक्षा विकास तथा समन्वय इकाईले प्रत्येक पालिकाका शिक्षा शाखालाई परिपत्र र पालिकाको शिक्षा शाखाकाले पालिकाभित्रका रहेका विद्यालयलाई पत्राचार गरेको भट्टको भनाइ छ।   

राष्ट्रिय खोप तालिका अनुसार बालबालिकालाई विभिन्न रोगविरुद्ध निःशुल्क खोप दिने गरिएको छ। बालबालिकालाई विभिन्न १३ प्रकारका खोप दिइन्छ। हाल जिल्लामा विद्यार्थी भर्ना अभियान सञ्चालनमा रहेको छ।

Laxmi sunrise bank
kumari

विद्यार्थी भर्ना अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए। बैतडीमा पाँच सय ६२ विद्यालय छन्। 

प्रकाशित: May 02, 2023| 20:44 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्