बिहीबार, भदौ ४, २०८३

लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्राप्त गरेका छन्।

मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गरेका हुन्। उनको पक्षमा ५३ मत र विपक्षमा २९ मत खसेको हो। 
मुख्यमन्त्री चौधरीलाई माओवादी, नागरिक उन्मुक्ति लगायतका ८ दलले पक्षमा मत दिए भने एमालेले विपक्षमा मत दिएका हुन्।

बैशाख ११ गते एमालेका लिला गिरी नेतृत्व सरकार ढलेपछि सत्तारुढ दलको समर्थनमा कांग्रेसका चौधरी गत वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रकाशित: May 02, 2023| 14:41 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्