बिहीबार, भदौ ४, २०८३

बझाङमा यार्सागुम्बा टिप्न गएका एक जनाको ज्यान गयो

 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

बझाङ- बझाङमा यार्सागुम्बा टिप्न एक जनाको ज्यान गएको छ। सुर्मा गाँउपालिका–३ सौनगाँउका कलक बोहराको आइतबार साँझ मृत्यु भएको हो।

उनको यार्सागुम्बा टिप्ने ठाँउबाट घर फर्किने क्रममा चिसोले कठ्यांग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बोहराले मादक पदार्थ समेत सेवन गरेको र चिसोले कठ्यांग्रिएर ज्यान गएको हो। गाउँबाट स्थानीय र प्रहरी घटनास्थलतर्फ जाँदै गरेको सूचना अधिकारी रमेश अवस्थीले बताए।

प्रकाशित: May 01, 2023| 17:42 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्