काठमाडौं- काठमाडौंमा आज दिउँसो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो ११/१२ बजेपछि पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताए।
काठमाडौंसहित नेपालमा अझैँ तीन दिन वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावका कारण मौसम बदली भइ पानी परिरहेको हो।
आज तराईका जिल्लामा हावाहुरीसमेत चल्ने उनले बताए। दुई दिनयता देशका धेरै ठाउँमा वर्षा भइरहेको छ।
भरे बेलुका फेरि पश्चिमी क्षेत्रबाट अर्को प्रणाली भित्रने सम्भावना रहेकाले पर्सिसम्म नै मौसम बदली भइ धेरै ठाउँमा पानी पर्ने मौसमविद् झाले जानकारी दिए। पानी पर्न थालेसँगै काठमाडौंमा चिसो बढेको छ।