बिहीबार, भदौ ४, २०८३

कञ्चनपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

कञ्चनपुरमा सडकमा रोकिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

धनगढी- कञ्चनपुरमा सडकमा रोकिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको कृष्णपुर नगरपालिका-५ को वनदेवी मन्दिर नजिकै सूपप्र ०२-००-४ प १८४६ नम्बरको मोटसाइकल र से१त २८२९ नम्बरको ट्याक्टरमा ठोक्किएको थियो।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार दुर्घटनामा मोटरसाइकल चालक सवार वेदकोट नगरपालिका-१० का २८ वर्षीय तपेन्द्र बडुवालको मृत्यु भएको हो। गम्भीर घाइते उनको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिकाकी गरिमा महता घाइते भएकी छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

यस्तै, कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित उद्योग वाणिज्य संघ अगाडि मोटरसाइकलले साइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ।

भीमदत्त नगरपालिका- १८ बस्ने वीरेन्द्र रावलले चलाएको म२प८३३३ मोटरसाइकलले साइकललाई ठक्कर दिँदा सोही नगरपालिका-४ बस्ने ६८ को महेश्वरप्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार यादवको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको हो।

प्रकाशित: May 01, 2023| 08:50 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्