बिहीबार, भदौ ४, २०८३

अझैँ कति दिन छ वर्षाको सम्भावना?

नेपालमा अझैँ तीन दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

काठमाडौं- नेपालमा अझैँ तीन दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावका कारण मौसम बदली भइ पानी परिरहेको हो।

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ । मौसमविद् गोविन्द झाका अनुसार आज पहाडीसहित तराईका जिल्लामा दिउँसो पछि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

काठमाडौंमा दिउँसो ११/१२ बजेपछि पानी पर्ने सम्भावना रहेको मौसमविद् झाले बताए। आज तराईका जिल्लामा हावाहुरीसमेत चल्ने उनले बताए। दुई दिनयता देशका धेरै ठाउँमा वर्षा भइरहेको छ।

यो क्रम पर्सि बुधवारसम्म नै रहने अनुमान गरिएको छ। भरे बेलुका फेरि पश्चिमी क्षेत्रबाट अर्को प्रणाली भित्रने सम्भावना रहेकाले पर्सिसम्म नै मौसम बदली भइ धेरै ठाउँमा पानी पर्ने मौसमविद् गोविन्द झाले जानकारी दिए।

पानी पर्न थालेसँगै अधिकतम तापक्रम केही घटेको छ। यसले तराईका जिल्लामा गर्मी कम भएको छ। काठमाडौंमा भने चिसो बढेको छ। 

प्रकाशित: May 01, 2023| 08:15 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्