बिहीबार, भदौ ४, २०८३

आज पनि देशभर पानी पर्ने, मधेसमा हावाहुरीको सम्भावना

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।
 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

काठमाडौं- हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज देशैभरका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको  सम्भावना रहेको छ।

प्रकाशित: May 01, 2023| 06:53 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्