बिहीबार, भदौ ४, २०८३

चारधाम हिँडेका तीर्थयात्री श्रीनगरमा रोकिए

 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

भारी हिमपात र भीषण वर्षाका कारण चारधाम यात्रामा निस्केका तीर्थयात्री श्रीनगरमा रोकिएका छन्।

बद्रीनाथ र केदारनाथ धाममा भारी हिमपात भएको तथा समथर भूभागमा भीषण वर्षा भएकाले तीर्थयात्रीलाई श्रीनगरमा नै रोकिएको प्रहरीले जनाएको छ। 

आवासका लागि अनलाईन बुकिङ गरेका यात्रीलाई रुद्रप्रयागसम्म जाने अनुमति दिइएको तर बुकिङ नभएका यात्रीलाई श्रीनगरमा नै रोकिएको प्रहरीले बताएको छ। श्रीनगरमा यात्रीका निम्ति पर्याप्त आवासको व्यवस्था गरिएको गढवाल प्रहरी प्रमुख रवि सैनीले बताएका छन्। मौसममा सुधार हुनेवित्तिकै उनीहरूलाई गन्तव्यतर्फ प्रस्थानको अनुमति दिइने उनले स्पष्ट गरेका छन्। 

उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले शनिबार सबै तीर्थयात्रीलाई कोभिड–१९ लगायत स्वास्थ्यसम्बन्धी सबै परीक्षण समयमै पूरा गर्न आह्वान गरेका थिए। राज्य सरकारले निर्धारण गरेका नियम पालना गर्न उनले सम्बद्ध सबैलाई आग्रह गरेका छन्।
 

प्रकाशित: May 01, 2023| 06:31 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्