शनिबार, साउन ९, २०८३

आईभीएफमार्फत ५२ वर्षीया महिलाले जन्माइन् जुम्ल्याहा

 |  आइतबार, वैशाख १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १७, २०८०

काठमाडौं- काठमाडौंकी एक ५२ वर्षीया महिलाले आईभीएफ प्रविधिबाट जुम्ल्याह सन्तान जन्माएकी छिन्। थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलको आईभीएफ सेन्टरमा आईभीएफ प्रविधिमार्फत एकै पटक दुई बच्चा जन्माएकी हुन्।

बढ्दो उमेर समूहमा जोखिम बढी हुनसक्ने अवस्थालाई दृष्टिगत गर्दै गर्भाअवस्थादेखि नै उच्च निगरानीमा राखेर ती महिलाको उपचार गरिएको नर्भिक हस्पिटलले जानकारी दिएको छ।

शल्यक्रियामार्फत जन्मिएका दुवै सन्तान र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको नर्भिककी वरिष्ठ टेस्टट्यूव बेबी विशेषज्ञ डा. नूतन शर्माले बताइन्। सामान्यतः बढ्दो उमेर समूहका महिलामा गर्भाधारण गर्ने र सन्तान जन्माउन सक्ने अवस्थालाई जटिल रूपमा हेर्ने गरिन्छ।
 

प्रकाशित: Apr 30, 2023| 20:58 आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्