काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९२५ जनाको नमुनामध्ये ६२७ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र १ हजार २९८ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जनामा संक्रमण देखिएको हो।
यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३७५ जना पुगेको छ। संस्थागत आइशोलेशनमा २६ जना, आईसीयूमा ८ जना र १ जना भेन्टिलेटरमा उपरचाररत छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५३ जना निको भएर घर फर्किएका छन्।