बिहीबार, भदौ ४, २०८३

उत्कृष्ट लोगो बनाए माछापुच्छ्रे गाउँपालिकाले पुरस्कार दिने

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले उत्कृष्ट प्रतीक चिन्ह (लोगो) बनाउने डिजाइनरलाई पुरस्कृत गर्ने भएको छ।
 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं- कास्कीको माछापुच्छ्रे गाउँपालिकाले उत्कृष्ट प्रतीक चिन्ह (लोगो) बनाउने डिजाइनरलाई पुरस्कृत गर्ने भएको छ। बुधबार एक सूचना जारी गर्दै गाउँपालिकाले लोगो बनाउन इच्छुक व्यक्तिहरूलाई सहभागी हुन आह्वान गरेको छ।

नागरिकको सहज र सरल पहुँचमा सार्वजनिक सेवा प्रवाहका लागि प्रतिबद्ध गाउँपालिकाका लागि छुट्टै लोगो डिजाइन गर्नुपरेकाले यो कार्यक्रम गर्न लागिएको सूचनामा उल्लेख छ। उत्कृष्ट लोगो बनाउने डिजाइनरलाई गाउँपालिकाले २० हजार रुपैयाँ पुरस्कार दिनेछ।

डिजाइनरले लोगो बनाउँदा गाउँपालिकाले तोकेको विभिन्न सर्तहरू पालना गरेर बनाउनुपर्ने छ। यसअन्तर्गत लोगोमा गाउँपालिकाको नाम, माछापुच्छ्रे हिमाल र नेपालको झन्डा अनिवार्य समावेश गर्नुपर्ने हुन्छ।

त्यस्तै गाउँपालिकाको भौगोलिक, प्राकृतिक, सांस्कृतिक तथा सामाजिक, पहिचान, भाव, विशेषता तथा विशिष्टता झल्किने प्रकृतिको सामग्री समेटिनुपर्ने छ।

छनोट भएको उत्कृष्ट लोगोलाई गाउँपालिकाले आफ्नो लोगोको रूपमा प्रयोग गर्नेछ। गाउँपालिकाको ईमेल एड्रेस mpgaupalika@gmail.com वा info@machhapuchhremun.gov.np  लोगो पठाउन सकिनेछ।

प्रकाशित: Apr 28, 2023| 09:15 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्