बिहीबार, भदौ ४, २०८३

भारतीय च्यानल देखाउने पाकिस्तानका केबल अपरेटरको सामान जफत

 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं- भारतीय टिभी च्यानल देखाउने पाकिस्तानका ५० भन्दा बढी केबल अपरेटर कारबाहीमा परेका छन्। उनीहरुको उपकरण जफत गरिएको छ। 

बरामद गरिएका उपकरणमा १४ स्याटेलाइट रिसिभर, ११ मोड्युलेटर, ५ ट्रान्समिटर र २ डिजिटल बक्स रहेका छन्। 

समाचार एजेन्सी पीटीआईका अनुसार पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पेमरा) ले बिहीबार यी च्यानलहरूलाई कारबाही गरेको हो।

 पेमराले पाकिस्तानमा इलेक्ट्रोनिक मिडियालाई मात्र निगरानी गर्छ। पेमराले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार पाकिस्तानका सात शहरहरू लाहोर, मुल्तान, फैसलाबाद, सरगोधा, गुजरनवाला, कराची र हैदरावादको अचानक भ्रमणपछि यो कारबाही गरिएको हो।
 
यसअघि पेमाराले भारतीय च्यानलहरूको सामग्री प्रसारण गरेको केही दिनपछि मात्रै केबल अपरेटरहरूलाई फेरि पनि आदेश उल्लङ्घन गरेको पाइएमा कडा कारबाही गरिने चेतावनी दिएको थियो।
 

प्रकाशित: Apr 28, 2023| 06:08 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्