बिहीबार, भदौ ४, २०८३

१२ जनालाई साइनाइड खुवाएर मारेको आरोपमा थाई महिला पक्राउ

 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं- आफ्ना १२ जना साथी र चिनजानका मानिसलाई साइनाइड खुवाएर मारेको आरोपमा थाई प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

प्रहरीले सरत रंग्सिवुतापोर्न नामकी यी महिलालाई बैंककबाट पक्राउ गरेको हो।

उनका एक साथी सिरीपोर्न खानभोङको मृत्युपछि सोधपुछका क्रममा महिलालाई पक्राउ गरिएको हो। पक्राउ परेकी महिलाको भूमिकामाथि पीडित परिवारले शंका व्यक्त गरेका छन्।

वास्तवमा ती महिलाको यात्राकै क्रममा मृत्यु भएको थियो र त्यस क्रममा संदिग्ध महिला उनीसँगै थिइन्। प्रहरीले पैसाका लागि हत्या गरेको आरोप लगाएको छ। 

यस विषयमा अनुसन्धान गरिसकेपछि प्रहरीले भनेको छ- यी महिलाले आफ्नो पूर्व प्रेमी सहित अन्य ११ जनाको हत्या गरेकी छन्। सरतले भने प्रहरीले लगाएको आरोप अस्वीकार गरेकी छन्। पक्राउ परेकी महिलाको जमानत निवेदन खारेज भएको छ।

प्रकाशित: Apr 28, 2023| 06:02 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्