बिहीबार, भदौ ४, २०८३

रुसले युरोपमा तेल आपूर्ति घटाउने

 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

रुसले युरोपमा कच्चा तेल र तेल उत्पादनको निर्यातमा ठूलो मात्रामा कटौती गर्ने र बचत गरिएको मात्रा एसियामा पुर्याउने योजना बनाएको छ। रुसी उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले बिहीबार यसबारे बताएका हुन्।

रुसले सन् २०२२ मा एसियामा करिब ४ करोड टन कच्चा तेल र तेल उत्पादन र युरोपमा १८ करोड टन निर्यात गरेको नोभाकले ऊर्जा सम्बन्धित कार्यक्रममा पत्रकारहरूलाई बताएका छन्।

यो वर्ष १४ करोड टन तेल र तेल उत्पादन पूर्वतर्फ जानेछ। करिब ८०-९० मिलियन टन पश्चिमतर्फ पठाइनेछ।
 

प्रकाशित: Apr 28, 2023| 05:49 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्