बिहीबार, भदौ ४, २०८३

बाजुरामा मध्यराति भूकम्पको झड्का

 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

सुदूरपश्चिम प्रदेश बाजुरा केन्द्र बिन्दु भएर मध्यराति ५.९ म्याग्निच्युडको भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार साढे १ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका जिल्लाहरुका अतिरिक्त देशका विभिन्न भागमा पनि महसुस गरिएको थियो। 

भूकम्पसँगै मानिसहरूको भागाभाग भएको थियो। यद्यपि कूनै भौतिक तथा मानवीय क्षतिको विवरण भने बाहिर आएको छैन।

पछिल्लो समय बाजुरा केन्द्रविन्दु भएर लगातार भूकम्प गइरहेको छ। 

प्रकाशित: Apr 28, 2023| 05:36 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्