शनिबार, साउन ९, २०८३

श्रीलंकामा सयभन्दा बढी प्रकारका औषधि अभाव

 |  बिहीबार, वैशाख १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १४, २०८०

श्रीलंकामा सरकारी अस्पतालमा प्रयोग हुने सयभन्दा बढी प्रकारका औषधिको अभाव भएको छ। त्यहाँका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले संसद्‍मा यसबारे जानकारी दिएका हुन्।

सरकारी अस्पतालमा १३ सय ४७ प्रकारका औषधि प्रयोग हुँदै आएकोमा ११२ प्रकारका औषधिको अभाव रहेको उनले बताए। सरकारले औषधि आयातमा वार्षिक ५० अर्ब रुपैयाँ (१५ करोड ५० लाख अमेरिकी डलर) खर्च गर्ने गरेको उनले जानकारी दिए। श्रीलंकाको आर्थिक संकटका कारण सन् २०२२ देखि नै अस्पतालमा औषधि अभाव देखिएको छ।

प्रकाशित: Apr 27, 2023| 21:46 बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्