आइतबार, असोज ५, २०८२

अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन- सेवाग्राहीबाट पार्किङ शुल्क नउठाउनू

 |  बिहीबार, वैशाख १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १४, २०८०
Kumaribank
Metro Mart

काठमाडौं- अस्पतालहरुले सेवाग्राहीबाट पार्किङ शुल्क उठाइरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसो नगर्न चेतावनी दिएको छ। मन्त्रालयले सूचना जारी गर्दै पार्किङ शुल्क उठाएको, कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिकसमेत उपलब्ध नगराएको आदि गुनासोहरु आएको जनाएको छ। पार्किङ शुल्क नलिन र कर्मचारीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयले सबै अस्पतालालाई निर्देशन दिएको छ।

त्यसैगरी मन्त्रालयले सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई कुल शय्याको १० प्रतिशत शय्या विपन्न, असहाय, बेवारिसे बिरामीको लागि छुट्याइ निःशुल्क उपचार अनिवार्यरुपमा गराउनुपर्ने पुनः ताकेता गरेको छ। स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ अनुसार बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधिसमेत खुलाएको बिरामी वडापत्र अस्पतालको अग्रभागमा देखिने गरी राख्नुपर्ने भए पनि मन्त्रालय र मातहतका निकायहरुबाट विभिन्न स्वास्थ्य संस्थाहरुमा नियमित तथा आकस्मिक अनुगमनको क्रममा नपाएको सूचनामा भनिएको छ।

कानुनमा भएका सम्पूर्ण व्यवस्थाहरु सम्बन्धित स्वास्थ्य संस्थाहरुले पूर्ण रुपमा पालना गर्न गर्नुपर्ने अन्यथा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी मन्त्रालयले दिएको छ।

प्रकाशित: Apr 27, 2023| 20:01 बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्