बिहीबार, भदौ ४, २०८३

रविका चालकको दुर्घटना भएको प्रारम्भिक निष्कर्ष

 |  बिहीबार, वैशाख १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १४, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारीचालक शम्भु थापा दुर्घटनावश घरको छतबाट खसेको प्रारम्भिक निष्कर्ष निकालेको छ।

प्रहरीले घटना भएको दिन उनीसँग सुतेका रास्वपा प्रवक्ता मुकुल ढकालका चालकसहित केहीको पोलिग्राफ बयान लिएको बताइएको छ। अहिलेसम्मको अनुसन्धानमा दुर्घटना देखिएको प्रहरीको भनाइ छ।

१० दिनअघि चितवनमा अढाइ तले घरको माथिल्लो तलाबाट उनी खसेका थिए। सुरुमा चितवनमै उपचारपछि काठमाडौं ल्याइएका थापा अचेत अवस्थामा छन्। 

टाउकोमा चोट लागेका उनको सुरुमा चितवनको पुरानो मेडिकल अस्पतालमा उपचार भएको थियो। भोलिपल्ट हेलिकोप्टरमा राखेर काठमाडौं ल्याई मेडिसिटी अस्पतालमा राखिएको छ। अस्पतालले उनले स्वास्थ्य अवस्थाबारे ‌‌औपचारिक रुपमा केही भनेको छैन। 
 

प्रकाशित: Apr 27, 2023| 19:19 बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्