बिहीबार, फागुन २८, २०८२

हरेक शुक्रबार साढे १० बजे सरकारी कार्यालयमा सफाइ

 |  बिहीबार, वैशाख १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १४, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि अभियान सञ्चालन गर्न अनुरोध गरेको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै हरेक शुक्रबार बिहान 'साढे १० बजे १० मिनेट’ अभियान सञ्चालन गर्न अनुरोध गरेको हो।
‘डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि शुक्रबारदेखि हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट अभियान सञ्चालन गरी सबै सरकारी तथा सार्वजनिक कार्यालयले आफ्ना कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी गराई अनिर्वायरूपमा सरसफाइ अभियान सञ्चालन गर्न अनुरोध छ,’ मन्त्रालयले भनेको छ।

गत वर्ष डेङ्गु सङ्क्रमण अत्यधिक भएको भन्दै यस वर्ष समयमै सचेतना अपनाउन उक्त अभियान सञ्चालन गर्न सरकारीसँगै निजी, सर्वसाधारण तथा सरोकारवाला सबैलाई अनुरोध गरिएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए।
 

प्रकाशित: Apr 27, 2023| 19:30 बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्