सोमबार, वैशाख २८, २०८३

कञ्चनपुरमा कोरोना संक्रमण बढ्दो

 |  बिहीबार, वैशाख १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १४, २०८०

दोधारा चाँदनी- पछिल्लो एक सातायता कञ्चनपुरमा कोरोना सङ्क्रमण बढेको छ। जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बुधबार मात्रै कञ्चनपुरमा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित हुनेमा अधिकांश भारतबाट नेपाल फर्किनेहरू छन्। 

National life

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड फोकल पर्सन शिद्धराज भट्टले भारतबाट आउनेमा सङ्क्रमण देखिएको बताए। ‘पहिला जस्तो सिकिस्त बिरामी पर्ने खालको देखिएको छैन।’ उनले भने, ‘अहिले सीमानाका गड्डाचौकीमा भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण जाँच भइरहेको छ।’

यहाँको बेलौरी नगरपालिकामा सबैभन्दा बढी सङ्क्रमित देखिएका छन। जिल्लामा जम्मा सक्रिय सङ्क्रमित २६ जनामध्ये २४ जना बेलौरीकै छन्। बैलौरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयसिंह बोहराले सङ्क्रमित हुने अधिकांश भारतबाट आएका रहेको बताए। 

‘बुधबार शंकास्पद १६ जनाको परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको छ।’ उनले भने–’अहिले शंकास्पद बिरामीको मात्रै परीक्षण गर्ने गरेका छौँ।’

गड्डाचौकी हेल्थ डेस्क प्रमुख प्रीति बोहराले भारतबाट आउनेमा कोरोना सङ्क्रमण देखिएको बताइन्। ‘बुधबार तीन जनामा सङ्क्रमण देखिएको छ।’ उनले भने–’अहिले घर फर्किनेको सङ्ख्या कम छ।’ बुधबार नाकामा एक सय ४९ जनाको कोरोना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको हो। अहिले कञ्चनपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ रहेको छ।

प्रकाशित: Apr 27, 2023| 21:17 बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्