काठमाडौं- पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ हजार २९ पुगेको छ।
यसैगरी आज देशभर १११ जना कोरोना संक्रमित थपिएका छन्। दुई हजार ५१७ वटा नमुना परीक्षण गर्दा यो संख्यामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, आज ६० जना संक्रमणमुक्त भएका छन्। योसँगै सक्रिय संक्रमितको संख्या ३७८ पुगेको छ।
अहिले अस्पतालमा १८ जना उपचाररत छन्। यीमध्ये ६ जना आईसीयू र एकजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।