बिहीबार, भदौ ४, २०८३

पुनर्बासमा नाला तर्ने क्रममा डुबेर एक महिलाको मृत्यु

 |  बिहीबार, वैशाख १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १४, २०८०

महेन्द्रनगर- कञ्चनपुरको पुनर्बास नगरपालिकामा आज लमैया नाला तर्ने क्रममा एक महिलाको डुबेर मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका अनुसार घाँस काट्ने जाने क्रममा नाला तर्ने क्रममा पुनर्बास नगरपालिका–१०  कालिका मन्दिरका ३२ वर्षीया तारा विष्टको मृत्यु भएको हो।

प्रहरीका अनुसार नालामा महिला डुबेको देखेपछि स्थानीय बालबालिकाले देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक महिलाको शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्‍याएको प्रहरीले जनाएको छ।
 

प्रकाशित: Apr 27, 2023| 16:32 बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्