बिहीबार, फागुन २८, २०८२

जलवायु परिवर्तनको असर तरकारीमा पनि

 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

जलवायु परिवर्तनले तरकारी तथा फलफूलको गुणस्तरमा असर पर्न थालेको अध्ययनले देखाएको छ। अत्यधिक तापक्रमले गर्दा ब्रोकाउलीजस्ता तरकारीको गुणस्तर र उपजमा असर परेको हो।

National life

मालिकुलर हर्टिकल्चरमा प्रकाशित एक शोधमा उल्लेख भएअनुसार बढ्दो तापक्रमको असर बालीका साथै फलफूल र रुखबिरुवामा समेत पर्छ। तापक्रमले उत्पादनमा असर पुर्याउनुका साथै उत्पादित वस्तुको गुणस्तरमा समेत ठूलो असर पुर्याइरहेको अध्ययनमा उल्लेख छ। 

अध्ययनमा जलवायुका कारण तापमान बढ्दै गएको उल्लेख छ। यसले ब्रोकाउलीको आकार र पोषक तत्वलाई कम गर्न सक्छ। अध्ययनमा उल्लेख भएअनुसार ब्रोकाउलीको डाँठ लामो र फूल माथि रहेको हुन्छ भने यसलाई पूरै केलाएर खान सकिन्छ। तर बढ्दो तापका कारण यसको आकार काउलीजस्तो हुन थालेको छ।  

शोधका अनुसार कुनै पनि फूलको विकास परिवेशको तापक्रमअनुसार हुन्छ। फलफूलको विकासमा तापक्रमको निकै संवेदनशिल भूमिका रहन्छ।

तातो हावापानीका कारण कम गुणस्तर भएको तरकारीको उत्पादन पनि कम हुन्छ। शोधमा अत्यधिक तापक्रममा ब्रोकाउली उत्पादन गर्दा फूलको विकास शुरुवाती चरणमा नै सीमित हुने उल्लेख छ।   

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 28, 2023| 05:28 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्