बिहीबार, भदौ ४, २०८३

कस्तो रहला देशभरको मौसम?

देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ। पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ। 
 |  बिहीबार, वैशाख १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १४, २०८०

काठमाडौं- देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ। पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ। बाँकी भू–भागरुमा मौसम आंशिक बदलीदेखि समान्यतया सफा रहेको छ।

विभागले आज दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने जनाएको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। 

सुदूरपश्चिम प्रदेशलगायत कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा देशका बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको  सम्भावना रहेको छ।

विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: Apr 27, 2023| 06:27 बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्