आइतबार, असोज ५, २०८२

कोभिड अपडेट : थप ८२ जनामा संक्रमण पुष्टि, एकको मृत्यु 

 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

काठमाडौं- कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना सङ्क्रमितको उपचारको क्रममा निधन भएको हो। 

Kumaribank

यसैगरी आज एक हजार छ सय ३४ जनामा गरिएको परीक्षणमा ८२ जनामा सङ्क्रमण देखिएको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ६१ पुगेको छ। उपचारपछि आज ६५ जना घर फर्किएका छन्। 

यस्तै काठमाडौँमा उपत्यकामा २९ जना आइसोलेसन, पाँच जना सघन उपचार कक्ष (आइसियु) र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन्। मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ। 

नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेका छ। शून्यमा झरेको सङ्क्रमण नेपाल भारत खुला सिमानाका कारण फैलिएको हो। 

प्रकाशित: Apr 26, 2023| 18:46 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्