आइतबार, असोज ५, २०८२

बिमा कम्पनीको चुक्ता पुँजी पुर्‍याउने समय असारसम्म थप

 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

काठमाडौं- बिमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न दिइएको समयसीमा तीन महिना थप भएको छ।

Kumaribank

नेपाल बिमा प्राधिकरणले ‘बीमक दर्ता तथा बिमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ संशोधन गर्दै असार मसान्तसम्म समय थपेको हो।

यसअघि २०७९ चैत मसान्तसम्म सबै प्रकारका बिमा कम्पनीले प्राधिकरणले तोकेको सीमा बराबरको चुक्ता पुँजी पुर्‍याउने व्यवस्था थियो। प्राधिकरणले जीवन बिमा कम्पनीका लागि ५ अर्ब र निर्जीवन बिमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने व्यवस्था गरेको छ।

१७ जीवन बिमा कम्पनीमध्ये एउटा र १६ निर्जीवन बिमा कम्पनीमध्ये तीनले मात्रै चुक्ता पुँजी पुर्‍याएका छन्।

तोकिएको समयमा अधिकांश बिमा कम्पनीको चुक्ता पुँजी पुर्‍याउन नसकेपछि निर्देशिका संशोधन गरेर समय थप गरेको प्राधिकरणले जनाएको छ।

Metro Mart

प्रकाशित: Apr 26, 2023| 19:44 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्