काठमाडौंको कपनमा नीरा पाण्डे आचार्यको हत्यारालाई छिटो पत्ता लगाउन माग गर्दै उनका आफन्तजनले दैनिक प्रदर्शन गरिरहेका छन्।
हत्या भएको एक साता पुग्दा पनि दोषीलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै परिवारजनले हत्यारालाई सार्वजनिक गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने भन्दै प्रदर्शन गरेका हुन्।
उनीहरूले नीराको हत्या रहस्यमय रहेको भन्दै त्यहीअनुसार अनुसन्धान गर्नुपर्ने माग गरेका छन्। प्रदर्शनमा सहभागीहरूले 'हत्यारालाई पत्ता लगाऊ', 'हत्यारा चाँडो सार्वजनिक गर', 'हाम्रो माग पूरा गर' लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
वैशाख ७ गते काठमाडौंको कपन सरस्वती नगरस्थित नीरु भाँडा पसल सञ्चालिका पाण्डेमाथि छुरा प्रहार गरी हत्या भएको थियो।