काठमाडौं- नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको छ।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। गत कारोबार दिन उक्त सुन तोलाको एक लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
तेजाबी सुन आज तोलामा एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घटेको छ। तोलामा एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।