बिहीबार, भदौ ४, २०८३

स्कुल बसको ठक्करबाट नाबालिकाको मृत्यु

झापामा स्कुल बसले ठक्कर दिँदा अढाई वर्षीया नाबालिकाको ज्यान गएको छ।
 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

दमक- झापामा स्कुल बसले ठक्कर दिँदा अढाई वर्षीया नाबालिकाको ज्यान गएको छ। कमल गाउँपालिका वडा नं २ भुत्लुङमा नवोदय बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा पवन सुवेदीकी अढाई वर्षीया छोरी किन्जल सुवेदीको ज्यान गएको हो।

मङ्गलबार अपराह्न करिब ४ बजे भुत्लुङ–देवीचौन भित्री सडकमा विद्यार्थी पुर्याउन गएको बसले घरको आँगन अगाडि बाटोमा खेल्दै गरेकी किन्जललाई मे १ क ४०७ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार टाँउको गम्भीर चोट लागेको र उपचारका लागि गौरादहस्थित स्थानीय अस्पतालमा लैजाने क्रममा किन्जलको मृत्यु भएको हो। घटनाबारे अनुसन्धान सुरु भइसकेको पनि प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Apr 26, 2023| 08:49 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्